२४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ जारीगरेकी छिन्। डा.गोविन्द केसीको माग अनुसार कार्तिक ६ गते मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेशलाई राष्ट्रपतिले शुक्रबार जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको जनाएका छन् ।
डा गोविन्द केसी सहितको टोलीले चिकित्सा शिक्षा अध्यादेश पारित नभएको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।
प्रतिकृया दिनुहोस्