२४ कार्तिक । प्रतिनिधिसभाको लागि एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम (पश्चिम) बाट बाम गठबन्धनका साझा उम्मेदवार एवं विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडिमाथि अज्ञात समूहद्वारा बम आक्रमण भएको छ ।
शुक्रबार विहान साढे ९ बजे चौरजहारीबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गर्दा चौरजहारी नपा –८ गोईरीमा मन्त्री शर्मालाई लक्षित गरी २ वटा रेडबुलको बट्टामा बनाएको बम प्रहार गरिएकोमा संगै रहेका सुरक्षाकर्मीको सजगताका कारण मानवीय क्षति हुन नपाएको बताईएको छ ।
एउटा बम विष्फोट भएको र अर्को बमलाई नेपाली सेनाको टोलीले डिस्पोजल गरेको प्रहरीले जनाएको छ । यस घटनाको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले अनुसन्धान सुरु गरिसकेको डिएसपी राजेन्द्र धमलाले बताए । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न समूहले यो घटना गराएको हुनसक्ने भन्दै उनीहरुको खोजी कार्य जारी रहेको पनि डिएसपी धमलाले जानकारी दिए ।
घटनापछि नेकपा एमाले रुकुम (पश्चिम) का इन्चार्ज शेरबहादुर केसी र नेकपा माओवादी केन्द्र रुकुम (पश्चिम) का इन्चार्ज राजकुमार शर्माले संयुक्त प्रेस नोट जारी गर्दै घटनाको भ्रत्र्सना गरेका छन् । ‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर नेपालमा भएको वाम एकताको पहलकर्ताको रुपमा समेत रहनुभएका नेता शर्माले विभिन्न थ्रेटहरु सामना गरिरहेको सन्दर्भमा उहाँमाथि यो आक्रमण भएको छ ।
’ प्रेस नोटमा भनिएको छ,–‘जो कसैका नामबाट यो आक्रमण गरिएपनि नेपाली जनताले चाहेको राजनीतिक स्थायित्व र समृद्धि विरोधी दलाल तत्वहरुको साँठगाँठ योजनावद्ध रुपमा भएकोमा कुनै शंका छ्रैन ।’

यो पनि पढ्नुहोस्
पश्चिम रुकुमका ९ र पूर्व रुकुमका १७ मतदान स्थल अति संवेदनशील
प्रतिकृया दिनुहोस्