Birendranagar Municipality

यस्तो छ मट्टीतेल हालेर आगो लगाउँदा पनि नजल्ने खरको छाने घर

सेरोफेरो/सुर्खेत 
यस्तो छ मट्टीतेल हालेर आगो लगाउँदा पनि नजल्ने खरको छाने घर

२४ कार्तिक । आगोले पनि नष्ट नहुने घरको परीक्षण गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा यस्तो घरको परीक्षण गरिएको हो ।

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का बैज्ञानिकहरुले तयार पारेको यस्तो घरले आगलागी बाट हुने जोखिम कम गर्न सहयोग गर्ने बताईएको छ । नेपालका अधिकाँश ग्रामीण भेगमा खरको छानो भएका फुस्को घरहरु रहेका छन् । खडेरीको समयमा यस्ता घरमा आगलागी हुँदा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ ।


नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

nast1
सोही अवसरमा नास्टले जापानबाट ल्याइएको पाइरोलाईसिस मेसिनको समेत परीक्षण गरेको थियो । १५ लाख मूल्य पर्ने यो मेशिनले एक दिनमा १२ केजी प्लाष्टिकबाट १२ लिटर डिजेल उत्पादन गर्न सक्ने बताइएको छ ।

 

वीरेन्द्रनगरलाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने योजनामा यो प्रविधि सहयोगी हुने नास्टका बैज्ञानिक रविन्द्र ढकालले बताए । 'यसबाट एकातर्फ नगर सफा र सुन्दर राख्न सकिन्छ भने अर्कोतर्फ प्लाष्टिकबाट डिजेल उत्पादन गरी आम्दानी गर्न सकिन्छ', उनले भने ।

nast2

१७ औं विश्व विज्ञान दिवसको अवसरमा वीरेन्द्रनगरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका अध्यक्ष एवं विज्ञान तथा प्रविधि संकाय (एमयु)का डिन प्रा.डा. देवबहादुर खड्काले समाजको विकासका लागि नवीन प्रविधिको प्रयोग आवश्यक भएको बताए ।

२०७४ कार्तिक २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्