२४ कार्तिक । सुर्खेतबाट दैलेख जाँदै गरेको फोर्स दैलेखको सियाकोट भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको दैलेखका पत्रकार विष्णु शर्माले जनाएका छन् । उद्धार कार्यका लागि प्रहरी घटनास्थलमा पुगिसकेको छ ।
हालसम्म मृतकको सनाखत हुन सकेको छैन भने घाइतेहरुलाई उपचारको लागि सुर्खेत लगिएको छ ।
प्रतिकृया दिनुहोस्