२६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता तथा वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’लाई लक्षित गोली प्रहार भएको छ ।
चुनावी सभालाइ सम्बोधन गर्न दुईखोली गाउँपालिका–६ वागमारामा जाने क्रममा आइतबार बिहान ११ बजेर २५ मिनेट जाँदा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ । घटनामा मानबिय क्षती भने भएको छैन ।
दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।
राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत पल्टाएर बाटो अवरोध गर्न खोजिएको थियो। पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो। ५/६ सय मिटर टाढाको दूरीबाट पेस्तोलको आवाज आएको प्रहरीको दाबी छ।
चुनावी सभामा सहभागी हुनका लागि वर्षमान पुनसंगै प्रतिनिधिसभाका उम्मेदवार अनन्त, प्रदेशसभा उम्मेदवार एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्ती, ईश्वरी घर्ती, कुमार दशौदी, एमालेका पोलिटब्यूरो सदस्य एवं सचेतक गोकुल घर्ती, एमाले जिल्ला अध्यक्ष हरीप्रसाद घर्ती समेत संगै रहेको बताइएको छ ।
यसअघि सुकिदह गाउँपालिकाको चुनावी सभाबाट घर्तीगाउँ फर्कदै गर्दा शनिबार बिहान भिताबाङमा एम्बुस विष्फोट गराइएको थियो।
यो पनि पढ्नुहोस्
प्रतिकृया दिनुहोस्