२६ कार्तिक । सुन्दर नेपाल संस्थाले पाँच वर्षे रणनीतिक योजना निर्माण गरेको छ । मंगलवार देखि छ दिन सम्म संचालित कार्यशालाबाट उक्त योजना तयार गरिएको हो ।
आगामी दिनमा सुन्दर नेपाल संस्थाका कार्यक्रमहरुलाई थप प्रभावकारी र गुणस्तरिय गराउनको लागि छ वटा विषयगत क्षेत्र जीवीकोपार्जन, खानेपानी तथा सरसफाई र स्वच्छता प्रर्वद्धन, शिक्षा, स्वास्थ्य र पोषण, नविकरणीय उर्जा र मानव अधिकार तथा सुशासन लगायत अन्य अन्र्तसम्वन्धित सवालमा आफ्ना कामहरुलाई प्रदेश नं ५, ६ र ७ मा विस्तार गर्न पहल गर्ने रणनीति बनाएको छ । यसैगरी कार्यशालाबाट संस्थाको परिकल्पना, ध्येय, मुल्यमान्यताहरुलाई समेत विशिष्टीकरण गरिएको छ ।
गोष्ठीबाट संस्थाले विगत वर्षमा गरेका कामको विश्लेषण गर्दै सिकाईहरुलाई अनुसरण गरी अगाडि बढ्न यस योजनाले थप सहयोग गर्ने संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कँडेलले विश्वास व्यक्त गरे ।
संस्थाले नयाँ संघिय संरचना अनुसार कसरी सेवा प्रवाह पुर्याउन सकिन्छ र लाभ बाट वञ्चित जनसमुदायलाई धेरै भन्दा धेरै सेवा पुर्याउनसकिन्छ भन्ने कुरालाई महत्व दिदै यस रणनीतिक योजनमा आगामी वर्षको कार्ययोजना पनि तयार गरिएको कँडेलले बताए ।
कार्यशालाको सहजीकरण मुख्य प्रशिक्षक सुनिल शाक्यले गर्नु भएको थियो । कार्यशालाको अन्त्यमा संस्थाका अध्ययक्ष हेम प्रकास भूषालले संस्थाले दातृ निकाय संग मात्र नभई अवका दिनमा स्थानीय तहको सहकार्यमा पनि काम गर्नलाई यस रणनीतिक योजनाले सहयोग पुग्ने कुरा व्यक्त गर्नु भएको थियो ।
सुन्दर नेपाल संस्था पारस्परिक जवाफदेहिता परियोजना र पहल कार्यक्रमको आयोजना र मित्र समाजको प्राविधिक सहयोगमा संचालित कार्यशालामा संस्थाका सल्लाकहार, कार्यसमिति र वरिष्ठ व्यवस्थापन समिति लगायतको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्