Birendranagar Municipality

पाँच दिने कार्यशाला शुरु

सेरोफेरो/सुर्खेत

२६ कार्तिक । न्यायिक समितिका पदाधिकारीहरुसँग न्यायिक कार्यविधि र वर्तमान कानुन सम्बन्धि पाँच दिने कार्यशाला गोष्ठी आइतवारदेखि विरेन्द्रनगरमा सुरु भएको छ ।


रोलर÷युएनडिपिको आर्थिक सहयोगमा न्यायमा पहुँच परियोजना अन्तर्गत सुन्दर नेपाल संस्थाले कार्यशाला गोष्ठीको आयोजना गरेको हो । वर्तमान कानुनी व्यवस्थाको बारेमा जानकारी दिनुका साथै न्यायको पहुँच बाहिर रहेका वर्गलाई न्यायको पहुँच सम्म पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

 

कार्यशालामा जिल्लाका नौ वटै स्थानीय तहका उपमेयर तथा न्यायिक समितिका सदस्यहरुको सहभागिता रहेको छ ।


कार्यक्रममा वर्तमान कानुनी प्रावधानहरु, महिला अधिकार, बालअधिकार, नागरिकता सम्बन्धि व्यवस्थालगायतका विषयमा प्रशिक्षण दिइएको छ । वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल, अधिवक्ता रमा प्याकुरेल, गीता कोइराला, महिला अधिकारकर्मी पवित्रा शाही, रमा भण्डारी लगायतले कार्यशालामा सहजिकरण गर्नेछन् ।

२०७४ कार्तिक २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्