Birendranagar Municipality

एक वर्ष भित्र बुद्ध एयरको सुर्खेत काठमाडौं सिधा उडान

सेरोफेरो/सुर्खेत
एक वर्ष भित्र बुद्ध एयरको सुर्खेत काठमाडौं सिधा उडान

२७ कार्तिक । बुद्ध एयरले आउँदो वर्षसम्ममा सुर्खेत—काठमाडौं सिधा उडान गर्ने जनाएको छ । यो भन्दा पहिला बुद्ध एयरले सुर्खेत काठमाडौं सिधा उडान संचालन गरेपनि यात्रु संख्या कम भएका कारण बिचमा सेवा रोक्नुपरेको मार्केटिङ डाईरेक्टर रुपेश जोशीले सेरोफेरोलाई बताए ।

 

छैटौं प्रदेशको सम्भावित राजधानीबाट काठमाडौं सम्मको सिधा सम्पर्क हुनुपर्नेमा एयरलाइन्सले जोड दिएको उनले बताए । ५२ सिटको जहाजको लागि यात्रु संख्या अपुग हुनसक्ने भएकोले १८ सिटको जहाजबाट सेवा दिइने समेत जोशीले बताए ।


ठुलो जहाजको लागि संचालन र व्यवस्थापन खर्च धेरै आउने समेत एयरलाइन्सले जनाएको छ ।

२०७४ कार्तिक २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्