Birendranagar Municipality

आर्थिक समृद्धीका लागी वामगठबन्धनको जित आवश्यक :शाही

सेरोफेरो/सुर्खेत

२७ कार्तिक । वाम गठबन्धनका सुर्खेत निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा उम्मेदवार ध्रुव कुमार शाहीले राजनैतीक स्थीरता र आर्थीक समृद्धीको लागी वाम गठबन्धनको बिजय आवश्यक रहेको बताएका छन् ।

 

लामो समयदेखीको राजनैतीक लडाइपश्चात आएको नंया संबिधान कार्यान्वयन र जनताको जिवनस्तरमा परिवर्तनको लागी वाम गठबन्धनको बिजय आवश्यक रहेको शाहीले बताए ।

 

नेकपा एमाले जिल्ला कमीटी सुर्खेतका अध्यक्ष समेत रहेका शाहीले आज सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत सिम्ता गाउपालीका वडा नम्बर १ को घोरेटा (गान्द्रा) मा चुनावी सभालाइ सम्बोधन गर्दे पुर्वी सुर्खेतमा नेपाली कांग्रेसले लामो समयदेखी शासन गर्दै आएपनि जनताको जिवनस्तर माथी उकास्न कुनै पहल नगरेको समेत आरोप लगाए ।

 

आफुलाइ भोट दिइ बिजयी गराएमा ५ बर्षभित्रमा जनाताले महसुस गर्ने गरि काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

 

कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक कृष्ण जिसी, पुर्व सभासद कमला शर्मा, एमाले नेताहरु ऐन बहादुर चन्द, डण्डी शर्मा, कविन्द्र केसी लगाएतले वाम गठबन्धनको पक्षमा टोलटोलमा अभियान चलाउन कार्यकर्ताहरुलाइ आग्रह गरे। कार्यक्रम नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य प्रसे कामीको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०७४ कार्तिक २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्