Birendranagar Municipality

पूर्व संचारमन्त्री राई चढेको गाडीमा बम प्रहारः सुरक्षा गार्ड घाइते

सेरोफेरो
पूर्व संचारमन्त्री राई चढेको गाडीमा बम प्रहारः सुरक्षा गार्ड घाइते

२८ कार्तिक । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्व सुचना तथा संचार मन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहारमाथि भएको छ । वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्य उम्मेदवार समेत रहेका राई भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा मंगलबार बिहान बम प्रहार गरिएको हो ।


नेता राई चढेको बा १५ ज ५६०८ नम्बरको गाडी क्षतिग्रस्त भएको तर नेता राई भने सकुशल रहेको सँगै रहेका अखिलका सचिव मकर खड्काले जानकारी दिए । भोजपुरको टेम्के मैयुम नगरपालिकाको वडा नम्बर–६ कोट स्थित गुम्बा भन्ने स्थानमा बिहान ९ बजेर ५० मिनेटमा बम प्रहार गरिएको हो । बम प्रहार पश्चात गोली समेत प्रहार भएको छ ।

 

गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएका छन् । बम प्रहारपछि गोली हानिएको र राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए । उनको हातमा गोली लागेको छ । घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । तर, घटनामा नेत्र विक्रम चन्द ‘विप्लप’का कार्यकर्ताहरु संग्लन रहेको प्रहरीको अनुमान छ ।

 मलाई सुनियोजित रुपमा मार्नेगरी बम हानियोः शेरधन राई

नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आफूलाई मार्नेगरी सुनियोजित रुपमा बम हानिएको बताएका छन् । भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार राईले बम प्रहारको घटनापछि भने,‘मलाई सिध्याउने गरी सुनियोजित रुपमा बम हानियो ।’

 

घटनापछि घटनास्थ्लबाट कुरा गर्दै नेता राईले यो घटनालाई आफूले गम्भिर हिसाबले लिएको बताए । उनले भने, ‘यो घटनालाई मैले गम्भिरतापूर्वक हिसाबले लिएको छु, मैले सानैदेखी भोजपुर र भोजपुरे जनताको सेवा गर्दै आएको छु । मेरो पहिचान र परिचय भोजपुरमा निष्कलङ्क नेताको रुपमा स्थापित छु । मैले जानेर आजसम्म गल्ती गरेको छैन । निष्ठा र इमानको साथ जनताको सेवा गरीरहेको मान्छेलाई सिध्याउने गरी बम हानेको यो घटनाले दुःखी बनाएको छ ।’

 घटना प्रति एमालेको आपत्ति


यसैबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । ‘हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको सांघातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भीरतापुवर्क लिएको छ ।

 

निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं,’ अध्यक्ष ओलीले बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘यस घटनामा संलग्न जोसुकै भएपनि उनीहरुको उदेश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँडने र मुलुकमा भाँडभैलो मच्चाइ रहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरुलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमणहरु नियन्त्रण गर्न सचेत गराउँछौं ।’

 

वाम गठबन्धनका उम्मेदवार माथि श्रृङखला बद्धरुपमा आक्रमण भएको छ । चुनावी प्रचारको क्रममा बिना विभागिय मन्त्री जनार्दन शर्मा र पूर्व अर्थमन्त्री वर्षमान पुन माथि समेत बम आक्रमण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

वर्षमानलाई लक्षित गरि गोली प्रहार

बिना विभागीय मन्त्री शर्मा चढेको गाडिमाथि बम आक्रमण

२०७४ कार्तिक २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्