१९ बैशाख काठमाडौ–नेपाल सरकारले वैशाख ३१ गते तोकेको पहिलो पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि तिन वटा प्रदेशमा आज मनोनयन दर्ता हुदैछ ।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ३४ जिल्लाका २८३ स्थानीय तहका लागि मनोनयन दर्ता गर्ने कार्यसूची निर्वाचन आयोगले यस अघिनै तय गरेको थियो।
मनोनयन दर्ताका लागि सम्पुर्ण दलहरु तयारीका साथ जुटेका छन्। पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाहरुमा हुँदैछ। प्रदेश नम्बर ३ मा १३ वटा जिल्लाहरू छन्।
जसमा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन्।
त्यसैगरी प्रदेश नम्बर ४ मा ११ वटा जिल्ला छन्। गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भाग पर्दछ
प्रदेश नम्बर ६ मा १० जिल्लाहरू छन्। हुम्ला, मुगु, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग समेटिएको छ।
प्रतिकृया दिनुहोस्