२८ कार्तिक । आगामी मंसिर २१ गते हुन गइरहेको प्रदेश र प्रतिनीधि सभा निर्वाचनमा सुर्खेतमा २ लाख ४ हजार ५७७ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउने निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
निर्वाचनमा संञ्चारकर्मीको भुमीका विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सुर्खेतले ९५ प्रतिशत तयारी पुरा भएको जनाएको छ । जिल्लामा प्रतिनिधी सभा तर्फ २ र प्रदेश सभातर्फ ४ निर्वाचन क्षेत्र रहेको छ ।
सुर्खेतमा २ सय ६३ मतदान केन्द्र र १३८ मतदानस्थल रहेको कार्यालयले जनाएको छ । मतदातालाइ मतदान गर्ने तरिकाबारे जानकारी गराउन १३८ मतदानस्थलमा १३८ वटै मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको कार्यालयका निर्वाचन अधिकारी सुनीता थापाले बताइन् ।
गत भदौ ५ गते सम्म १८ वर्ष पुरा भई मतदाता नामावलीमा नाम दर्ता भएका नागरीकले प्रतीनिधी र प्रदेशसभा चुनावमा मतदान गर्न पाउने बताउदै निर्वाचन अधिकारी थापाले मतदाताहरुले ३ पटक भोट हाल्नुपर्ने जानकारी दिइन् ।
प्रतिनीधी सभामा प्रत्यक्ष तर्फका उम्मेद्धारलाई हरीयो रङको मतपत्रमा र प्रदेश सभामा प्रत्यक्ष तर्फका उम्मेद्धारलाई कालो रङको मतपत्रमा छाप लगाइ मतदान गनुपर्ने छ । यसैगरी समानुपातीक उम्मेद्धारलाई मतदान गर्दा हरीयो र कालो बाहेकको रातो वा अन्य जुनसुकै रङको मतपत्र पनि हुनसक्ने भएकोले मतपत्रको माथील्लो भागमा प्रतिनीधी सभाका उम्मेद्धार र तल्लो भागमा प्रदेशसभाका उम्मेद्धारलाई मतदान गर्नुपर्ने कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्