फाइल फोटो
२९ कार्तिक । मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मत बदर नहोस् भनि निर्वाचन आयोगले विभिन्न श्रव्य दृष्य सामाग्रीहरु प्रकाशन र प्रशारण गरेको छ । स्थानिय तहको निर्वाचनमा तल्लो तहसम्म मतदाता शिक्षा नपुगेको गुनासोलाइ ध्यान राखी प्रतिनिधि र प्रदेश सभाको चुनावमा मत बदर हुन नदिन आयोग सचेत रहेको जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको लागि कसरी मतसंकेत गर्ने जन्नुहोस्
१. यसपटक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ देशभरीबाट जम्मा १६५ जनालाई छान्नुपर्ने छ भने समानुपातिक निर्वाचन प्रणाली तर्फ ११० जनालाई निर्वाचित गर्नुपर्ने छ ।
२. प्रदेश सभाको लागि देशभरीबाट प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ ३३० जना र समानुपानीक निर्वाचन प्रणाली तर्फ २२० जनालाई छान्नुपर्ने छ ।
३. मतदानको क्रममा तिनवटा मतपत्रको व्यवस्था गरिएको छ । पहिलो मतपत्र हरियो रंगको हुने छ जसमा प्रतिनिधि सभा सदस्यको लागि कुनै एउटा चिन्हमा मत संकेत गरी एक जनालाई छान्नुपर्ने छ ।
४. दोस्रो मतपत्र कालो रंगको हुने छ जसमा प्रदेश सभा सदस्यको लागि कुनै एउटा चिन्हमा मत संकेत गरी एक जनालाई छान्नुपर्ने छ ।
५. तेस्रो मतपत्र रातो रंगको हुने छ , जुन प्रतिनिधि सभा र प्रदेश सभाको समानुपानीक निर्वाचन प्रणाली अन्तर्गत सदस्य छान्नको लागि एकै पानामा दुइवाट (तल र माथि) मतपत्र रहने छ । जसमा प्रतिनिधि सभाको लागि माथिल्लो कुनै एक चिन्हमा र प्रदेश सभाको लागि तल्लो कुनै एक चिन्हमा मत संकेत गरि छान्नुपर्ने छ ।
६. ध्यान दिनुहोस् मतपत्र पट्याउदा मसी कतैपनि लाग्नु हुदैन साथै मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भए मत बदर हुन्छ ।
कसरी मत संकेत गर्ने भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्