Birendranagar Municipality

मन्त्रीहरुको सलामी मोह

सेरोफेरो/सुर्खेत
मन्त्रीहरुको सलामी मोह

२९ कार्तिक । विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले होटेल बाहिर र सुचना तथा संचार राज्य मन्त्रीले बाटोमा नेपाल प्रहरीबाट सलामी लिइरहेको तस्विर र भिडियो सार्वजनिक भएको छ ।


बीबीसी साझा सवाल प्रस्तोता विद्या चापागाईले आफ्नो टुइटरमा मन्त्री शाहीको सलामी भिडियो सार्वजनिक गरेकी छन् । चापागाइले टुइटमा भनेकी छन् ('सर्वहारा वर्गका मन्त्री ज्यू चुनाव लागेर एक महिना जिल्ला बस्दा पनि होटेलको आँगनमा हरेक विहान यसरी सलामी ग्रहण गर्नु हुँदो रहेछ । ....संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ....'

 


माओवादी लडाकूका तत्कालीन डिभिजन कमाण्डर समेत रहेका मन्त्री शाही कालीकोट (ख) बाट बाम गठबन्धनको तर्फका प्रदेश सभाका उम्मेदवार हुन् ।

 

यसैगरी सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले समेत बाटोमा सलामी लिएको तस्विर सामाजिक संजालमा भाइरल भएको छ । सुर्खेत क्षेत्र नं २ को (ख) बाट प्रदेशसभाको उम्मेदवार विष्टले वीरेन्द्रनगरमा विच बाटोमै प्रहरीको सलामी खाएको तस्विर सार्वजनिक भएको छ ।

Tapta Bista

२०७४ कार्तिक २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्