Birendranagar Municipality

अमृत रोकायको पुनर्जन्म बजारमा (हेर्नुहोस् भिडियो)

सेरोफेरो/सुर्खेत

२९ कार्तिक । गत वर्ष अफगानिस्थान को कावुलमा भएको आतङकारीको साङ्धातिक हमला बाट १४ जना नेपालीले ज्यान गुमाए। उक्त कहाली लाग्दो बाट सुर्खेतका अमृत रोकाय क्षेत्री बच्न सफल भएका थिए ।

 

रोजगारीका कारण गाउँ र परिवार छाडी विदेशीनु पर्ने नेपाली युवाहरुको बाध्यता र आफ्नो जिवन भोगाइलाइ समेटेर अमृत रोकाय क्षेत्रिले लोक झ्याउरे पुनर्जन्म लिएर बजारमा आएका छन् ।

 

निर्देशक कुलमान नेपालीको निर्देशन तथा लय रहेको गितमा कलाकारहरु सुनिल रेग्मी, चन्द्र मन्दिर, जनक तारामी र मोडेलहरु आरुसी मगर, विपना मन्दिर र आशाले अभिनय गरेका छन् ।

 

मध्यपश्चिमको टिपीकल झ्याउरे गितमा रमेश वि.जीको मार्मिक शब्द रहेको छ भने चर्चित गायीका टिका पुन र शिव संगीतले आवाज दिएका छन् ।

हेर्नुहोस् गित

२०७४ कार्तिक २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्