Birendranagar Municipality

पाँच वर्ष भित्र सवै वडामा पक्की सडक : रावत

सेरोफेरो/सुर्खेत
पाँच वर्ष भित्र सवै वडामा पक्की सडक : रावत

फाइल फोटो

२९ कार्तिक । नेकपा एमालेका नेता एवम् वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं. २ का सदस्य उम्मेदवार नवराज रावतले आफू निर्वाचित भएमा पाँच वर्षभित्र निर्वाचन क्षेत्र का हरेक वडामा पक्की सडक पुर्‍याउने प्रतिवद्धता जनाएका छन् । चुनावी प्रचारका क्रममा बुधवार पञ्चपुरी नगरपालिकाको वडा नं. ९ मा का मतदाताहरुसँग उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

 

विकासको पहिलो पूर्वाधार नै सडक भएकाले हरेक वडालाई पक्कि सडक सञ्जालले जोड्ने उनको भनाइ छ । सडक नहुँदा यस क्षेत्रका नागरिकले निकै सास्ती भोग्नु परेको भन्दै रावतले पाँच वर्षभित्र हरेक वडामा पक्कि सडक पुर्‍याएर नागरिकलाई सुविधा दिने दावी गरे । साथै उनले सवै भित्रि तथा शाखा सडकहरुको स्तरोन्नती गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

 

त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं. २ (ख) का उम्मेदवार विन्दमान विष्टले सडक, सञ्चार, विधुत लगायतका पूर्वाधारहरु निर्माण नभएकै कारण पश्चिम सुर्खेत पछि परेको भन्दै ति योजनाहरु आफूले प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए । उनले पश्चिम सुर्खेतको विकास र समृद्धिका लागि वाम गठबन्धनका उम्मेदवारहरुले जित्नु अपरिहार्य भएको जिकिर गरे ।

२०७४ कार्तिक २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्