३० कार्तिक । समाजमा अन्यायमा परेकाहरुको न्याय स्थापना गरि हिंसा रहित समाजको निर्माणमा रातदिन काम गर्ने विभिन्न तहका न्यायिक समितिका संयोजकहरुले प्रतिवद्धता जनाएका छन् ।
न्यायिक समितिका पदाधिकारीहरुसँग न्यायिक कार्यविधि र वर्तमान कानुन सम्बन्धि पाँच दिने कार्यशाला गोष्ठीमा उनिहरुले यस्तो बताएका हुन् । सहभागीहरुले विद्यमान कानुनी व्यवस्था र न्याय निरुपणमा न्यायीक समितिको भुमीका स्पष्ट भएको धारणा राखेका छन् ।
साथै उनीहरुले यो कार्यक्रम महत्वपूर्ण भएकोले आगामी दिनमा समेत संस्थाले यस्ता खालका कार्यक्रम संचालन गनुपर्नेमा जोड दिएका थिए । रोलर/युएनडिपिको आर्थिक सहयोगमा न्यायमा पहुँच परियोजना अन्र्तगत सुन्दर नेपाल संस्थाले आइतबार देखि कार्यशाला गोष्ठीको आयोजना गरेको थियो ।
वर्तमान कानुनी व्यवस्थाको बारेमा जानकारी दिनुका साथै न्यायको पहुँच बाहिर रहेका वर्गलाई न्यायको पहुँच सम्म पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको संस्थाले जनाएको छ ।
कार्यक्रममा वर्तमान कानुनी प्रावधानहरु, महिला अधिकार, बालअधिकार, नागरिकता सम्बन्धि व्यवस्था लगायतका विषयमा सहभागीहरुलाइ प्रशिक्षण दिईएको थियो । कार्यशालामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल, अधिवक्ता विरेन्द्र थापा , अधिवक्ता एवं न्यायमा पहुँच कार्यक्रमका कार्यक्रम संयोजक रमा प्याकुरेल, रमा भण्डारी, जेसी अफिसर उमा भट्टराईले कार्यक्रमको सहजिकरण गरेका थिए ।
समापन कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कँडेलले विद्यमान कानुनी प्रावधान वारे यस कार्यशालाबाट जानकारी भएको र आगामी दिनमा संस्थाले विभिन्न सचेतना तालिम तथा गोष्ठिहरु संचालन गर्दै जाने जानकारी दिए ।
यस्तै संस्थाका अध्यक्ष हेम प्रकाश भुषालले संस्था स्थानीय निकायसंग सम्मन्वय गरेर अघी बढीरहेको बताउदै नवनिर्वाचीत पदाधीकारीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । कार्यक्रम संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्