३० कार्तिक । प्राध्यापकहरुले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि गरिएको बाम गठबन्धनको स्वगत गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठन तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी उक्त कदमको स्वागत गरेको हो ।
बाम गठबन्धन र पार्टी एकता मुलुकको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ । 'प्राध्यापकहरु देशका सचेत र बौद्धिक नागरिक भएकाले राजनीतिक स्थायित्व, स्थिर सरकार र मुलुकको समृद्धिका लागि नेपालका दुई ठुला राजनीतिक दलहरुबीच भएको सहकार्य र एकतालाई स्वागत गर्नुका साथै आम जनसमूदायलाई चुनावी महाअभियानमा सकृय सहभागीताका लागि हार्दिक आग्रह गर्दछौं', विज्ञप्तिमा लेखिएको छ ।
प्रतिकृया दिनुहोस्