Birendranagar Municipality

रत्न पत्थर सम्बन्धी अभिमुखीकरण सम्पन्न

सेरोफेरो/सुर्खेत

३० कार्तिक । घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यलय काठमाडौंले वीरेन्द्रनगरमा आयोजना गरेको रत्न पत्थर सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।


विगतका वर्षमा भएका रत्न पत्थर सम्बन्धी सिपमुलक तालिमको प्रभावकारी कार्यन्वयनको अवस्थाबारे जानकारी प्राप्त गर्न उक्त कार्यक्रमको आयोजना गरिएको समितिका उपकार्यकारी निर्देशक विनोददेव पन्तले बताए ।


उनका अनुसार वस्तु विकास केन्द्र स्थापना भए पनि भने जस्तो काम गर्न नसकिएकाले आगामि योजना तर्जुमा तथा स्थानीय स्तरको माग अनुसारको वस्तु तयारी तथा व्यावसायीलाई उपयुक्त प्रविधिको जानकारी नभएकाले समेत यस्तो कार्यक्रम आयोजना गरिएको हो ।


जाजरकोट, सुर्खेत, कालीकोट, दैलेख, अछाम र धार्दिङ जिल्लामा बहुमूल्य पत्थरहरु पाइन्छन् । पन्तका अनुसार बहुमूल्य पत्थरहरुमा टुर्मालिन, काईनाईट, ज्यास्पर, क्वार्ज, गारनेट आदि पर्छन् ।


नेपाल एकीकृत व्यापार रणनीतिले विभिन्न १८ किसिमका वस्तुलाई तुलनात्मक लाभको दृष्टिले निर्यातयोग्य वस्तुमा राखेको छ जसमध्ये बहुमूल्य पत्थरहरु पनि छन् । आर्थिक वर्ष ०६६/०६७ देखि सुर्खेतमा रत्न प्रशोधन कार्यक्रम सञ्चालन भएपश्चात पाँच सय ५६ जनाले रत्न पत्थर सम्बन्धी सिपमुलक तालिम लिएको वीरेन्द्रनगर नगर कार्यपालिका उद्योग विकास शाखा सुर्खेतका निर्देशक शम्भु प्रसाद पौडेलले वताए ।

 

२०७४ कार्तिक ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्