१ मंसिर । कांग्रेस नेता डा. रामशरण महतमहतलाइ लक्षित गरी बम विष्फोट गराइएको छ । उनको चुनाव प्रचारको क्रममा रहेको टोलीलाई लक्षित गरी नुवाकोट जिल्लाको ककनी–५, काउलेथामा वम विष्फोट भएको हो ।
विष्फोटको छर्रा लाग्दा ३ जना कांग्रेस कार्यकर्ता घाइते भएको शसस्त्र प्रहरीका डिएसपी बासुदेव लोहनीले जनाएका छन् ।
घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
(अनलाइनखवर बाट)
प्रतिकृया दिनुहोस्