Birendranagar Municipality

सरल र व्यवहारिक करनीतिको खाँचोः व्यवसायी

सेरोफेरो/सुर्खेत
सरल र व्यवहारिक करनीतिको खाँचोः व्यवसायी

१ मंसिर । छैठौं राष्टिय कर दिवसका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगर आयोजित कार्यक्रमका सहभागीले सजिलो, स्पष्ट र व्यवहारिक कर नीति बनाउनुपर्ने आवश्यक्ता औल्याएका छन् ।

 

सुर्खेत उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालयको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा प्रभातफेरीपछि भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो आवश्यक्ता औल्याएका हुन् ।

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. ६ का अध्यक्ष पदमबहादुर शाहीले अस्पष्ट, अव्यवहारिक र अप्ठेरा करनीतिलाई तुरुन्त हटाउनुपर्ने माग गरे । बारम्बार परिवर्तन भैरहेको अनि व्यापारी व्यवसायीले बुभ्mनै नसक्ने खालका अव्यहारिक र अप्ठेरा करनीति अवलम्बन गरिएकै कारण समस्या भैरहेको उनको भनाई छ ।

 

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष मोति कंडेलले आगामी दिनमा धेरैजसो कर स्थानीय निकायले संकलन गर्ने उल्लेख गर्दै त्यसबारे आवश्यक नीति र कानून बनिरहेको जानकारी गराए । घरवहाल कर, व्यवसायिक करलगायतका अन्य कर स्थानीय निकायले संकलन गर्न थालेपछि सबैलाई सहजता र पारदर्शिता हुने विश्वासपनि उनले व्यक्त गरे ।

 

यसैगरी सुर्खेत उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष प्रकाश उप्रेतिले कर शिक्षाबारे जान्न र बुभ्mनका लागि व्यापारी आफैले अग्रसरता देखाउनुपर्नेमा जोड दिए । कर शिक्षाको अभावकै कारण धेरैजसो व्यापारीहरुले दण्ड जरिमाना भोग्नुपरिरहेकोमा चिन्ता व्यक्त गर्दै कार्यवाहक अध्यक्ष उप्रेतिले सहज रुपले कर तिर्नका लागि सहज वातावरण बनाउन समेत सुझाव समेत दिए ।

 

करदाता सेवा कार्यालयका कर अधिकृत यज्ञ ढकालले करदाताहरु कर शिक्षाबाट टाढै रहन खोज्ने गरेका कारण करदाशिक्षाको अवस्था कमजोर रहेको भन्दै करशिक्षाबारे करदाता आफै जानकार हुनुपर्ने बताए । साथै सुर्खेतमा चालू आ.वमा ५० करोड ९१ हजार रुपैयाँ कर संकलन गर्ने लक्ष्य लिएको जानकारी दिंदै ढकालले पहिलो चौमासिकसम्मको आँकडा हेर्दा लक्षित कर संकलन हुने यकिन नभएको जानकारी दिए । साथै कार्यक्रमका सहभागीले घरधनीबाट असल्नुपर्ने घरवहाल करपनि घरभाडामा बस्ने व्यापारीले तिर्नुपरिरहेको गुनासो गरेपछि कर अधिकृत ढकालले भाडा तिर्दा कर कट्टी गरेर मात्र तिर्न सुझाव समेत दिए ।


त्यसअघि, हाम्रो पौरख हाम्रो कर, राष्ट निर्माणमा दिगो भर भन्ने मूल नारासहित मंगलगढीचौकबाट निकालिएको प्रभातफेरी बजार परिक्रमापछि सुर्खेत उद्योग वाणिज्य संघमा पुगेर समापन भएको थियो ।

 

२०७४ मंसिर १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्