Birendranagar Municipality

सुर्खेत प्रहरीले पिडित पक्षसंग माफी माग्यो

यो घटनाको सत्य तथ्य बारे बुझ्नेछु : आयोग सदस्य पाठक
सेरोफेरो/सुर्खेत
सुर्खेत प्रहरीले पिडित पक्षसंग माफी माग्यो

१ मंसिर । होटल चेकिङ्गका नाममा अनाहकमा निर्दोष व्यक्ति पक्राउ गरेकोमा सुर्खेत प्रहरीले माफी मागेको छ । बुधबार साँझ वीरेन्द्रनगरको एक होटलमा नास्ता खार्इरहेको समयमा तीन जनालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएपछि सुर्खेतका प्रहरी प्रमुखले पिडित पक्षलाइ शुक्रवार कार्यालयमा बोलायर गल्ती भएको भन्दै माफी मागेका छन् ।


नास्ता खान बसेकै समयमा सर्वसाधरणलाई यौनकर्म गरेको आरोपमा प्रहरीले अनाहकमा एक रात हिरासतमा राखेपछि घटना सार्वजनिक भएको थियो । सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चर्तुवेदीले आफुलाई घटनाबारे स्पष्ट व्रिफिङ्ग नगराएका कारण निर्दोषलाई हिरासत राख्नु परेकोमा माफी मागेका छन् ।

 

उता पीडित पक्षले अनाहकमा प्रहरीले आफूहरुलार्इ गल्तीविना पक्राउ गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका थिए ।

 

घटनाको गहिराईमा नपुगी निर्दोष व्यक्तिलाइ हिरासतमा राख्नु गलत भएको भन्दै आगामी दिनमा यस्ता घटना नदोहोरीने समेत एसपी चर्तुवेदीले प्रतिवद्धता जनाए । उनले मातहतका प्रहरीहरुको सानो त्रुटीले यो घटना भएको जानकारी दिए ।

 

यस घटनालाइ लिएर राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले समेत चासो राखेका छन् । उनले यस सम्वन्धमा बुझेर आवश्यक प्रकृया थाल्ने समेत जानकारी गराएका हुन् । बुलबुले एफ एमको विहानी प्रस्तुती कार्यक्रम हाम्रो सरोकारमा कुरा गर्दे पाठकले नागरीकलाइ अनाहकमा कसैले पनि दुःख दिन नहुने भन्दै सत्यतथ्य बुझ्ने प्रतिवद्धता समेत जनाएका थिए ।

यो पनि पढ्नुहोस्

 होटलमा छापा मार्दे सुर्खेत प्रहरी : बर्दीको आडमा आतंक मच्चाएको सर्वसाधरणको आरोप

२०७४ मंसिर १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्