Birendranagar Municipality

रौतहटमा बम बिष्फोट : आठ जना घाइते

सेरोफेरो
रौतहटमा बम बिष्फोट : आठ जना घाइते

२ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट हुँदा आठ जना घाइते भएका छन् ।

 

वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको जनाइएको छ । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन् । विष्फोटबाट लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले समेत घाइते भएका छन् ।

 

घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ ।

 

विष्फोटका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

(अनलाइनखबरबाट

२०७४ मंसिर २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्