Birendranagar Municipality

सहकारीका तथ्याङ्क सुरक्षित राख्न कोपोमिस तालिम

सेरोफेरो/सुर्खेत

४ मंसीर । सहकारी संस्थाहरुले आफ्ना तथ्याङ्क सुरक्षित राख्न प्रयोग गरिने कम्प्युटर सफ्टवेयर सम्बन्धी तालिम संचालन गरिएको छ । सहकारी तथा गरिवी निवारण मन्त्रालय बाट लागु गरिएको र डिभिजन सहकारीले उपलव्ध गराएको उक्त कोपोमिस तालिम सोमबारदेखि १५ दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन हुनेछ ।


अधिकांश सहकारी संस्थाहरुमा कोपोमिस बारेमा अन्यौलता भएकाले सहकारी संस्थाहरुको आग्रहमा तालिमको आयोजना गरिएको पिएसडीका प्रवन्ध निर्देशक प्रेम कुमार विसिले बताए ।


तालिमका सहजकर्ता सहकारी अधिकृत देवीप्रसाद पौडेलका अनुसार कोपोमिस सफ्टवयरले सहकारीका सम्पुर्ण अभिलेख सुरक्षित हुने तथा संस्थाका वास्तविक सदस्य पहिचान गर्न सकिने भएककोले राष्ट्रिय अर्थतन्त्रमा सहकारीको यागदान देखिने बताए ।


डिभिजन सहकारी कार्यालयमा मासिक रुपमा बुझाउनु पर्ने विवरण तथा साधारण सभा र लेखापरीक्षण लगायतका अन्य विवरणहरु समेत यसै बाट पेश गर्न सकिने पनि उनले बताए ।

२०७४ मंसिर ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्