५ मंसीर । बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा बाम गठबन्धनको संयुक्त जनसभा हुने भएको छ । उक्त सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं प्रदेश सभाका उमेदवार यामलाल कंडेलले उक्त जानकारी दिए ।
बिहिबार बिहान ११ बजे मंगलगढी चोकबाट र्याली शुरु हुनेछ । घण्टाघरको पश्चिम उत्तर दिशामा रहेको खुला चौरमा सभाको आयोजना गरिएको पनि उनले बताए ।
उक्त जनसभामा १५ हजारको सहभागीता रहने आयोजकको अनुमान छ ।
सोही दिन दुबै दलका शीर्ष नेताले दैलेख बजार र दुल्लुमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस्