तस्बिर मनिषा केसी
५ मंसीर । पश्चिम रुकुममा भरुवा बन्दुकसहित एक अफिम कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध अफिम मुद्दाका फरार प्रतिवादी मुसिकोट नगरपालिका ८ खाबाङखानीका ४० वर्षीय हिमबहादुर पाण्डेलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले बताए ।
पाण्डेको घरमा लागूऔषध अफिम लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाण्डेलाई घरमै सुतिरहेको अवस्थामा फेला पारेको थियो । उनको घरमा खानतलासी गर्दा १७ किलो लागूऔषध अफिमका साथै एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारुद, गोली र छर्रा, एक थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पाण्डेलाई लागूऔषध कारोबार सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद लिइएको छ ।
प्रतिकृया दिनुहोस्