इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर विश्व कृतिमान कायम गरेका छन् । बैैैैंगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य गरिएको हो ।
५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका थिए ।
तौल बढी नहोस् भनेर सैनिकले १ सय मिलिमिटर पानी तथा बिस्कुट मात्र खाएका थिए । मोटरसाइकलमा यतिधेरै यात्रुलाई अटाउनका लागि दायाँ–बायाँ दुवैतर्फ टेक्ने ठाउँ जोडिएको थियो ।
भारतीय वायु सेनाको आर्मी सर्भिस कप्र्सले विभिन्न २० विधामा विश्व तथा राष्ट्रिय कीर्तिमान राखिसकेको छ ।
(एजेन्सी)
प्रतिकृया दिनुहोस्