Birendranagar Municipality

तन्नेरीले सोधे, दैलेखको विकासको लागी के गर्छौ?

खगेन्द्र राना मगर/दैलेख

७ मंसीर । दैलेख जिल्लाबाट प्रदेश सभाका उम्मेदवारलाइ तन्नेरीहरुले उम्मेदवारीको औचित्य सोधेका छन् । तन्नेरी चासो सुर्खेतले बिहीबार दैलेख सदरमुकाममा आयोजना गरेको सार्बजनीक बहस कार्यक्रममा उम्मेदवारहरुले विभिन्न प्रतिवद्धता जनाएका छन् ।

 

दैलेख क्षेत्र नम्बर १ ख बाट प्रदेश सभा सदस्य पदका लागी बाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका एमाले नेता अम्मर बहादुर थापाले दैलेख जिल्लाको विकासका लागी जिल्लालाइ समृद्धितर्फ अगाडी बढाउन आफु तयार भएको बताए ।


थापाले दैलेख जिल्लामा पेट्रोलीयम पदार्थको खानी रहेको र जिल्लाको पेट्रोलियम पदार्थको उत्खनन्तर्फ आफ्नो ध्यान रहेको बताए ।


साथै जनताको जिवनस्तर माथी उकास्नका लागी कृषिक्षेत्रको विकास गरी किसानहरुलाइ आधुनीक तथा व्यवसायीक खेतीतर्फ आकर्षित गर्ने खालका योजनाहरु साथ अगाडी बढ्नेमा जोड दिए ।


यस गरी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता जगतजंग थापाले दैलेख जिल्लाको समग्र विकासमा आफु अग्रसर हुने बताए । जिल्लामा शिक्षा, यातायात, कृर्षि, पर्यटन लगाएतको विकास गर्नका लागी आफुले प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएको जनाए ।

 

२०७४ मंसीर ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्