Birendranagar Municipality

केपी ओलीले भने ‘आउनुस् किसिम किसिमका फोटा खिचौं'

सेरोफेरो/सुर्खेत
केपी ओलीले भने ‘आउनुस् किसिम किसिमका फोटा खिचौं'

७ मंसीर । बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको बाम गठबन्धनको संयुक्त जनसभालाई सम्बोधन गर्न केपी ओली सुर्खेत आएका छन् । आजै दैलेख बजार र दुल्लुमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाने क्रममा उनी सुर्खेत अवतरण गरेका थिए ।


दैलेख र सुर्खेतका तीनै सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्नेछन् । यसअघि ओली र केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ आउने कार्यक्रम तय भएको थियो ।


ओली चढेको हेलिकोप्टरको नियमित प्राविधिक जाँचका लागि सुर्खेतमा केही समय लाग्ने भएपछि उनले विमानस्थलकै क्यान्टीनमा खाना खाए ।


सुर्खेत विमानस्थलमा इन्जिनियर नभएकाले हेलिकोप्टर नेपालगञ्ज उड्यो । हुनपनि केही समय पर्खनु नै थियो । ओलीले विमानस्थलमा उनको स्वागतमा पुगेका कार्यकर्तासंग भने, ‘आउनुस् अब किसिम किसिमका फोटा खिचौं ।’


विमानस्थलको भीआइपी कक्षमा विश्राम गरिरहंदा ओलीले मालाको प्रसंग निकाले । सोधे–‘यति राम्रो माला कसले बनायो ?’ केही पर बसेकी मधुरानी ढकालले ‘मैले हो’ भनिन् । ओलीले थपे– ‘मज्जाले उन्नुभएको रैछ । यसमा माया पनि मिसिएको छ ।’ ढकालले भनिन्, ‘हो मैले र श्रीमान् गोपीलाल ढकालले मिलेर उनेका हौं । उहाँको पनि माया छ ।’


लगत्तै ओलीले ढकाललाई नजिकै बोलाए । ल आउनुस् अब माला उन्नेसंग पनि फोटो खिचौं । ओलीले आफूले माला लगाए । अर्को माला ढकाललाई नै लगाईदिंदै भने– ‘माला जुठो हुँदैन ।’


ओलीले उमेदवारहरुलाई पनि माला र खादा लगाईदिंदै 'ल चुनाव जित्नुस्' भने ।


केहीबेरको पर्खाइपछि ओली दैलेखतर्फ लागे । बादल यसअघिनै दैलेख प्रस्थान गरेका थिए ।


प्राविधिक कारणले दुबै जिल्लामा आयोजना गरिएका कार्यक्रम केही ढिलो हुनसक्ने ओलीको नीजि सचिवालयका चेतन अधिकारीले सेरोफेरोलाई जानकारी दिए । दैलेख र सुर्खेत पश्चात् ओलीले बैतडी र डडेलधुराको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

Oli1

oli3

IMG_0064

IMG_0068

२०७४ मंसीर ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्