Birendranagar Municipality

विदेशबाट फर्किएर खरायो पालन

सीता वली /सुर्खेत
विदेशबाट फर्किएर खरायो पालन

७ कार्तिक । वीरेन्द्रनगर १५ का रमेश रानाको दिन खरायोसंगै वित्छ । वीरेन्द्रनगर २ मा घर भाडामा लिएर उनले खरायो पालन सुरु गरेका छन् । साउदी अरबमा ५ वर्ष होटेलमा काम गरेका उनको अब स्वदेशमै केही गर्छु भन्ने अठोट छ ।


खरायोबाट के आम्दानि होला ? सुरुमा उनलाई यस्तो नलागेको पनि होइन । देख्ने भेट्नेहरुले त व्यवसाय हो भन्ने सम्म सोचेनन् । हुनपनि सुर्खेतमा खरायो व्यवसायी राना नै पहिलो हुन । मानिसहरु खरायो शुन्दरता र शोखको लागी पाल्ने गर्दछन् । तर रमेश रानाले शोखलाई व्यवसायमा रुपान्तरण गरे ।


खरायोबाट थुप्रै फाइदा देखेर व्यवसायिक रुपमा नै खरायो पालन सुरु गरेको राना बताउंछन् । खरायो विशेषगरी ‘ह्वाइट अर्गानिक’ मासुका लागी उपयोगी हुने तथा औषधिको लागी समेत खरायोको मासु प्रयोग गरिने भएकोले पनि यो व्यवसायबाट निकै फाइदा लिन सकिने रानाले बताए । खरायो सङ्कलन केन्द्र समेत आफुंले संचालनमा ल्याएको उनको भनाई छ । हाल उनीसंग न्यालफोर्निया, न्युजरल्याण्ड ह्वाइट, रसियन चिलचिला, डच गरी चार जातका खरायो उपलब्ध छन् ।

Kharayo


विदेशमा गएर अरुको गुलामी हुनुभन्दा आफ्नै देशमा नया र लाभदायी व्यवसाय शुरु गर्ने उनको सोच थियो । परिवारका सदस्यसंगै बस्न पाइने, उपभोक्तालाई समेत लाभदायी हुने र आम्दानी पनि हुने यस्तो पेशाबाट आफु सन्तुष्ठ भएको रानाले बताए ।


उनि भन्छन् ‘खरायो नेपालले मेरो जिबन नै परिवर्तन गरिदियो । नत्र म अरबको खाडिमा हुन्थे । ’देशका शिक्षित युवाहरु रोजगारीको लागि खांडीमुलुक गइरहेको विद्यमान अवस्थामा राना भने नेपालमै केही गर्नुपर्छ भन्ने उदाहरणीय यूवा हुन ।


रोजगारीको ग्यारेन्टि नेपालमा छैन तर कृषिका लागी यहां प्रशस्त सम्भावना छ भन्दै रानाले आफ्नो देशमा दुःख गर्न लाज मान्ने प्रवृतिको कारण नेपाली यूवाहरु अरुको गुलामी हुनुपरेको बताउंछन् ।


रानाले खरायो नेपाल तथा एक ठांउ एक खरायो सहकारी अभियानमा एघार हजारको शेयर लिएर करिब पाँच लाख रुपैयाँ लगानी गरी यो व्यवसाय शुरु गरेका हुन । अहिले लगानीको दोब्बर नाफा गरेको उनले बताए ।


सानो लगानीमै शुरु गर्न सकिने व्यवसाय, गाउँमा तथा शहरमा जहांपनि गर्न मिल्ने, स्वस्थ मासु र खरायोको छाला तथा मल बाट समेत आम्दानि गर्न सकिने भएकोले यो व्यवसायबाट रामै्र आम्दानी भएको राना बताउंछन् ।


एउटा खरायोले डेढ डेढ महिनामै चल्ला उत्पादन गर्छ । न्युनतम एउटा खरायो ३ केजि देखि ५ केजि सम्म हुन्छ । उनको फर्ममा हाल ४९ वटा खरायो रहेको छ ।


खरायो नेपालबाट तालीम लिई खरायो व्यवसाय गर्न इच्छुक नयाँ व्यवसायीलाई समेत आफुले तालिम दिँदै आएको रानाले बताए । सुर्खेतमा मात्र नभएर अन्य जिल्लाहरुमा पनि यो व्यवसायलाई फैलाउने उनको योजना छ ।

 

२०७४ मंसीर ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्