७ मंसीर । मंसीर २१ मा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाइ केन्द्रित गरी बाम गठबन्धनले वीरेन्द्रनगर सुर्खेत र दैलेखमा जनसभा सम्पन्न गरेको छ । दुवै सभालाइ नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बाम गठबन्धनले दुइतिहाइ ल्याइ पाँच वर्षसम्म ढुक्कले सरकार चलाउने दाबी गरे । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाइ लक्षित गर्दे भने 'हामी जनताको भोटमा विश्वास गछौं तर नेपाली काँग्रेस भने ज्योतिषीमा' ।
ओलीले दैलेखको श्रीस्थानमा पेट्रोलीयम पदार्थको सम्भावना रहेको बताउदै यहाँको पेट्रोलीयम पदार्थलाई छिट्टै नै उत्खनन् गरेर समग्र छ नम्बर प्रदेश र नेपाललाई नै धनी बनाउन सकीने दाबी गरे । साथै अव बन्ने सरकारले सामाजिक सुरक्षा भक्ता समेत पाँच हजार बनाउने उनले बताए ।

अध्यक्ष ओलीले मंसीर १० र २१ गतेको निर्वाचन पछि एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताएका छन् । देशलाई एकता, राष्ट्रिय स्वाभीमान, लोकतन्त्र र विकासको बाटोमा अगाडी बढाउन एमाले र माओबादी केन्द्रले एकता गरेर अगाडी बढ्ने फैसला गरेको उनको दावी छ ।
वीरेन्द्रनगरको सभामा बोल्दै माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले देशमा बामगठबन्धनको विजय भइसकेको र प्रतिक्रियाबादीहरुले यो एकतालाइ सुइकार नगरेको आरोप लगाए । उनले बाम एकताले देशमा स्थिरता सरकार र विकास ल्याउने दाबी गरे ।
प्रतिकृया दिनुहोस्