Birendranagar Municipality

मतदानका दिन ३२ जिल्लामा अाइतबार यातायात ठप्प

सेरोफेरो
मतदानका दिन ३२ जिल्लामा अाइतबार यातायात ठप्प

९ मंसिर । पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने ३२ जिल्लामा अाइतबार सवारीसाधन बन्द हुने भएको छ । निर्वाचन अायाेगले ति जिल्लामा शनिबार राती १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएकाे हाे ।

 

आयोगको यस्तो निर्णयसँगै पृथ्वी राजमार्ग र अरनिको राजमार्ग भएर ओहोर-दोहोर गर्ने सवारीसाधन प्रभावित हुने भएका छन् । जहाँ धादिङ र गोरखाका केही भाग पर्छ । यसैगरी विपी राजमार्ग भएर रामेछाप र ओखलढुंगा जाने सवारी समेत ठप्प हुनेछ । 

 

साेही अनुसारकाे व्यवस्था  मिलाउन पनि अायाेगले सम्बन्धित सबैलाइ सूचित गरेकाे छ । सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्वाध रुपमा चल्न पाउने छन् । 

 

अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल सञ्चालनमा कुनै बाधा नपर्ने अायाेगले जनाएकाे छ ।

२०७४ मंसीर ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्