१० मंसीर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । कार्यतालिका अनुसार बिहान ७ बजेदेखि सवै मतदान केन्द्रहरुमा मतदान कार्य शुरु भएको छ । मतदाताहरु बिहानैदेखि उत्साहपूर्ण सहभागि भइ मतदान गरिरहेका छन् ।
संविधान जारी भएपश्चात पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । पहिलो चरणअन्तर्गत आज प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ ।
पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।
मतदाताले तोकिएको मतदान केन्द्रमा साँझ ५ बजेसम्म मतदान गर्न पाउने आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस्