Birendranagar Municipality

डाेल्पामा ५४ प्रतिशत मतदान सम्पन्न

सेरोफेरो/सुर्खेत

१० मंसीर । प्रदेश नम्बर ६ काे डाेल्पा जिल्लामा ५४ प्रतिशत मतदान सम्पन्न भएको छ । ६६ मतदान केन्द्र मध्ये सम्पर्कमा अाएका ६४ मतदान केन्द्रमा साढे एक बजेसम्म ५४ प्रतिशत मतदान सम्पन्न भएको हाे ।

 

यस्तै २३ मतदाता रहेकाे उपल्लो डोल्पामा पर्ने फोद गाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ । उपल्लो डोल्पाका घेराङ र कलाङ मतदान केन्द्रमा भने अहिलेसम्म सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिएका छन् ।

 

यसगरी पहिलाे चरणकाे निर्वाचन भएका ३२ जिल्लामा मध्यान्नसम्म ५० प्रतिशत मतदान सम्पन्न भएकाे छ । केही मतदान केन्द्रमा सामान्य तनाब उत्पन्न भएतापनि धेरैजसाे केन्द्रमा मतदाताकाे उत्साहजनक सहभागीता रहेकाे निर्वाचन अायाेगले जनाएकाे छ । 

२०७४ मंसीर १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्