Birendranagar Municipality

मुटु कसरी स्वस्थ राख्ने?

चुरोट मुटुका लागि सबभन्दा बढी हानीकारक हो । युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट नै हो । तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउँछ ।
डा. कुनाल बिक्रम साह, वरिष्ठ मुटुरोग विशेषज्ञ
मुटु कसरी स्वस्थ राख्ने?

सहरीकरण जति बढ्दै गयो हामीलाई हिँड्न उति नै कठिन लाग्न थालेको छ । केही पाइला हिँड्न पनि हामी सवारीसाधन नै खोज्न थालेका छौं । सुविधा खोज्ने होडमा हामी मुटु रोगको जोखिम बढाइरहेका छौं । मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दै गएकाे छ ।


यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु हो । शारीरिक रूपमा सक्रिय भएर हो । मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक तीस मिनेट लम्केर हिँड्नुपर्छ । साताको पाँच दिन हिँडे मात्र पुग्छ भन्ने सुनिए पनि सधैं हिँड्नु लाभदायक हुन्छ ।

 

उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । यस्ता समस्या अचेल निकै बढेका छन् ।

 

जाडोमा मुटुका समस्या बढी हुन्छ । चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ । धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ । कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न सक्छ । यसले रगतको प्रवाह रोक्छ र हृदयघातको सम्भावना बढ्छ ।

 

हरियो सागसब्जी र फलफूलमा धेरै एन्टीअक्सिडेन्ट हुन्छ जसले खाना पचाउन सहयोग गर्छ । खराब कोलस्ट्रोल घटाउँछ र शरीरका कोषिकाको आयू बढाउँछ । बाहिरी खानेकुरामा अक्सिडेन्ट मिसावट हुन्छ जसले मान्छेलाई चाँडै बुढो देखाउँछ । मुटुका निम्ति जैतुनको तेल राम्रो मानिन्छ । तर, सबैले यो प्रयोग गर्न सक्छन् भन्ने छैन । त्यसैले आफूले प्रयोग गर्दै आएको तेल नै मात्रा घटाउनु लाभदायक हुन्छ ।

 

मुटु जोगाउन खानपिनमा ध्यान दिनुपर्छ । दैनिक व्यस्तताका कारण हामी जंकफुड र रेडिमेड खानामा भर परिरहेका छौं । यस्ता खानामा क्यालोरी र फ्याट बढी हुन्छ । शाकाहारी दालभात स्वस्थ हुन्छ । नुन र तेल कम गर्नुपर्छ भने हरियो सागसब्जी र फलफूलमा जोड दिनुपर्छ । मांसाहारी नै भए पनि रातो मासु कम गरी कुखुराको खानुपर्छ । माछा पनि लाभदायक मानिन्छ ।

 

हरियो सागसब्जी र फलफूलमा धेरै एन्टीअक्सिडेन्ट हुन्छ जसले खाना पचाउन सहयोग गर्छ । खराब कोलस्ट्रोल घटाउँछ र शरीरका कोषिकाको आयू बढाउँछ । बाहिरी खानेकुरामा अक्सिडेन्ट मिसावट हुन्छ जसले मान्छेलाई चाँडै बुढो देखाउँछ । मुटुका निम्ति जैतुनको तेल राम्रो मानिन्छ । तर, सबैले यो प्रयोग गर्न सक्छन् भन्ने छैन । त्यसैले आफूले प्रयोग गर्दै आएको तेल नै मात्रा घटाउनु लाभदायक हुन्छ ।

 

कम उमेरमै हृदयघात हुने समस्या पनि बढेको छ । बाह्य रूपमा स्वस्थ देखिएको मान्छे भित्रभित्रै कमजाेर हुन सक्छ । चुरोट मुटुका लागि सबभन्दा बढी हानीकारक हो । युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट नै हो । तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउँछ ।

 

कतिपयलाई रक्सी खाएको भोलिपल्ट रक्तचाप अनियन्त्रित रूपमा बढ्न सक्छ । लामो समय धेरै रक्सी खानो कालान्तरमा मुटु सुन्निएर फेल पनि हुनसक्छ । पुरुषले प्रतिदिन ३० मिली र महिलाले १५ मिलीसम्म रक्सी (हार्ड ड्रिंक्स) खानु ठीकै हुन्छ ।

 

यसबाहेक मुट स्वस्थ राख्न ‘एरोबिक’ गर्नु राम्रो मानिन्छ । हात खुट्टा सबै चलाएर व्यायाम गर्दा मुटुमा रक्तसञ्चार हुन्छ । लामो समय कुर्सीमा बसेर काम गर्नुपर्नेले बेलाबेला हिँडडुल गर्नुपर्छ । तनाव कम गर्न साथीहरू वा परिवारसँग नयाँ ठाउँ घुम्ने र समय बिताउने वा ध्यान गर्न सकिन्छ । व्यक्तिको रूचि र स्वाभाव अनुसार उसले आफ्नो मन भुलाउने र खुसी राख्ने क्रियाकलाप गर्न सक्छ ।

 

(सेताेपाटीबाट)

२०७४ मंसीर १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्