Birendranagar Municipality

६५ प्रतिशतभन्दा बढी मत खस्यो -आयोग

सेरोफेरो
६५ प्रतिशतभन्दा बढी मत खस्यो -आयोग

११ मंसीर । पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार जिल्लाबाट आएको विवरण अनुसार ६५ प्रतिशत भन्दा बढी मत खसेको अायाेगले अनुमान गरेकाे हो । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत खसेको छ ।

 

रूकुमको आठबीसकोटस्थित राष्ट्रिय माध्यमिक विद्यालय केन्द्रमा प्रदेशतर्फको समानुपातिकको मतदान स्थगित भएको छ । त्यहाँ मतपेटिकामा एसिड खन्याएपछि प्रदेशको समानुपातिकको मतदान स्थगित गरिएकाे हाे । रुकुमकै बाँफीकोटस्थित काँडा मतदान केन्द्रमा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले मतपेटिकामा आगजनी गरेपछि प्रतिनिधिसभा प्रत्यतर्फको मतदान स्थगित भएको छ ।

 

यसैगरी उपल्लो डोल्पाका दुई वटा मतदान केन्द्र सम्पर्कमा आउन नसकेको निर्वाचन अधिकृतको कार्यालय डाेल्पाले जनाएको छ ।

 

पहिलो चरण अन्तर्गत निर्वाचन भएका ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ वटै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएतापनि २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाा निगरानीमा राखिने छ ।

२०७४ मंसीर ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्