Birendranagar Municipality

हुम्लामा तारा एयर दुर्घटना, पाइलट सहित १६ जना घाइते

सेरोफेरो
 हुम्लामा तारा एयर दुर्घटना, पाइलट सहित १६ जना घाइते

तस्बिर:तिर्थराज रोकाय,हुम्ला

१२ मंसीर ।

तारा एयरको ९ एनएबीएम कलसाइन भएको ट्वीनअटर विमान हुम्लामा दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् । हुम्ला विमानस्थलबाट मंगलबार साढे नौ बजे सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चड भएर जहाज रनवेको दक्षिणी भेगमा पुगेको थियो ।

 

विमानमा सवार दुई प्रहरीसहित क्याप्टेन बसन्त लामा र एअरहोस्टेज श्रीर्या श्रेष्ठ घाइते भएका छन् । अन्य १२ यात्री भने सामान्य घाइते भएका छन् । घाइतेहरुको हुम्लाको सिमकोट अस्पतालमा उपचार भइरहेको छ ।

 Plane 2

विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दौडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जहाजको अगाडीको भाग कुच्चिएको छ ।

 

घाइतेका उद्धारका लागि हेलिकप्टर पठाइएको छ । जहाजमा चुनावमा सुरक्षाका लागि गएका १३ प्रहरी सवार थिए । उनीहरु चुनाव सकिएपछि सुर्खेत फर्किँदै थिए ।

Plane 3

२०७४ मंसीर १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्