१२ मंसीर । यही मंसीर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गोलाप्रथाबाट कर्मचारी छनौट गरी मतदान केन्द्रमा पठाइने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय सुर्खेतले मंगलबार गोलाप्रथाबाटै मतदान अधिकृत र सहायक अधिकृतको केन्द्र तोकेको हो । अन्य कर्मचारीको हकमा भने कार्यलयले नै तोकेबमोजिम हुने मुख्य निर्वाचन अधिकृत कृष्ण सिवाकोटीले बताए ।
सिवाकोटीले भने, ‘विगतका दिनहरुमा निर्वाचनका लागि खटाईने कर्मचारीले आफूले रोजेको क्षेत्रमा जान खोज्ने र राजनीतिक दलले पनि दबाब दिने भएकोले पारदर्शिताका लागि पत्रकार सम्मेलन गरी गोलाप्रथाबाटै कर्मचारी खटाइएको हो । यसले निर्वाचनलाई धाँधलीरहित बनाउनमा सहयोग गर्छ ।’
सुर्खेतका दुईवटा निर्वाचन क्षेत्रमा २६३ मतदान केन्द्र छन् ।
प्रतिकृया दिनुहोस्