१२ मंसीर । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले मंसीर २१ गते हुने दाेस्राे चरणकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।
केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामा चुनावी प्रचारप्रसारको समन्वय गर्ने, कार्यकर्ता परिचालन गर्ने, उम्मेदवारहरुबीचमा समन्वय गर्ने, लोकतान्त्रिक गठबन्धनका अन्य सहयोगी दलहरुसंग सुसम्बन्ध कायम गरी गठबन्धनका सबै उम्मेद्वारहरु विजयी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने, निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको अधीनमा रही शान्तिपूर्ण ढंगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन र पार्टीका पक्षमा अधिकाधिक मत खस्ने माहाैल सिर्जना गर्ने लगायतका जिम्मेवारी दिइएको छ ।
उनीहरुले मतदाता प्रशिक्षण लगायत स्थानीय तहमा आवश्यक पर्ने निर्वाचनका अन्य पक्षहरुसंग पनि समन्वय गर्नेछन् । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेकाे विज्ञप्तिमा केन्द्रीय प्रतिनिधिहरुलाई प्रतिस्पर्धी दलहरुसंग पनि साैहार्दपूर्ण सम्बन्ध कायम राखेर काम गर्न भनिएकाे छ ।
३ तेह्रथुम उत्तमप्रसाद चापागाई
९ सिरहा महेन्द्रप्रसाद यादव
१० सिन्धुली बालचन्द्र पौडेल
१२ महोत्तरी स्मृति नारायण चौधरी
१३ सर्लाही रामचन्द्र तिवारी
१४ काठमाडौं प्रेम वहादुर खडका
१६ ललितपुर डा. राजाराम कार्की
१७ काभ्रे बहादुरसिंह (लामा) तामाङ
१८ मकवानपुर जीवनप्रेम श्रेष्ठ
१९ रौतहट गणेशचन्द्र तिमल्सिना
२३ कास्की तुलसीनारायण श्रेष्ठ
२५ स्याङजा डा. नारायण चापागाई
२६ गुल्मी डा. टकराज गुरुङ्ग
२७ पाल्पा चन्द्र वहादुर कुँवर
२८ अर्घाखाँची रेशम बानीया
२९ नवलपरासी (पूर्व) किरण पौडेल
३० नवलपरासी (पश्चीम) प्रमोद शर्मा
३१ रुपन्देही अयोध्या यादव
३२ कपिलवस्तु जयवहादुर टण्डन
३४ प्यूठान बालकृष्ण पाण्डे
३६ दाङ प्रा.डा. धनेश्वर नेपाल
३७ दैलेख कान्तीका सेजुवाल
४१ अछाम प्रा.डा.अक्कलदेव मिश्र
४५ कञ्चनपुर दिलेन्द्रप्रसाद वडु
२०७४ मंसीर १२ मा प्रकाशित
प्रतिकृया दिनुहोस्