तस्बिर:घाइते चौधरीलाई उपचारको लागि लैजादै ।
१३ मंसिर । दाङको तुलसीपुरमा अज्ञात समुहको बम बिस्फोट बाट घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएको छ ।
मंगलबार दिउसो भएको बम बिस्फोटमा परी घाइते भएका चौधरीको उपचारका क्रममा आज बिहान २ः३० बजे कोहलपुर मेडिकल कलेजमा ज्यान गएको दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिँहले जानकारी दिए ।
बम बिस्फोट बाट घाइते भएका मध्ये तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी पाँचजनाको राप्ती अञ्चल अस्पताल दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा म्यादी प्रहरी देबि डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाईली रहेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभामा पुग्दै गर्दा बम बिष्फोट भएको हो ।
प्रतिकृया दिनुहोस्