Birendranagar Municipality

गर्भवती बोकेको जीप दुर्घटना : ३ को मृत्यु, ६ घाइते

सेरोफेरो
गर्भवती बोकेको जीप दुर्घटना : ३ को मृत्यु, ६ घाइते

तस्बिर:तुलाराम पाण्डे

१३ मंसीर । कालिकोटको सदरमुकाम मान्म नजिकै गए राति जीप दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । मुगुमा सुत्केरी हुन नसेकेपछि मायालक्ष्मी मल्ललाई थप उपचारका लागि सुर्खेत तर्फ ल्याउने क्रममा लु २ च २००३ नम्बरको जीप दुर्घटना भएको हो ।


मृत्यु हुनेमा मुगुका ३५ वर्षीय नरविक्रम मल्ल, ४५ वर्षीय जयरुप बुमी र जुम्लाका १४ वर्षीय यदुराज न्यौपाने छन् । दुर्घटनाबाट ६ जना घाइते भएका छन्, जसमा चालक सहित तीन जनाको अवस्था गम्भिर रहेको छ ।


घाइते हुनेमा मुगुकी १९ वर्षीया गर्भवती मायालक्ष्मी मल्ल, २९ वर्षीय विष्णुुराज धामी, ३७ वर्षीया लक्ष्मी रावल र ३५ वर्षीया किसिम कार्की छन् । यस्तै हुम्लाका २३ वर्षीय सन्तराज शाही र चालक बाँकेका २२ वर्षीय इन्द्र प्रसाद थारु पनि घाइते भएका छन् ।


मुगुबाट कालिकोट हुँदै सुर्खेत जाँदै गरेको जीप जिल्ला अस्पताल कालिकोट नजिक दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी नायव उपरिक्षक सुबास बोहराले बताए । जीप सडकबाट झण्डै चारसय मिटर तल खसेको छ ।


घाइतेहरूको उपचार जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । गम्भिर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लैजाने पहल भइरहेको बोहराले सेरोफेरोसंग बताए ।

२०७४ मंसीर १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्