Birendranagar Municipality

'अब कोही कालापहाड जानुपर्दैन'

सेरोफेरो
'अब कोही कालापहाड जानुपर्दैन'

१४ मंसीर । बामगठबन्धनको सरकार आएपछि कोही कालापहाड र खाडीमुलुकमा जान नपर्ने प्रदेश सभा २ (क) का उम्मेदवार यामलाल कंडेलले बताएका छन् । विहिबार वीरेन्द्रनगर १४ गढीमा आयोजित आमसभामा कंडेलले उक्त कुरा बताएका हुन् ।

 

उनले भने 'विकासका नाममा जनतालाई विपक्षीले अहिलेसम्म झुक्याईरहेको थियो, अब कम्न्युष्टिको एकलौटि सरकार आएपछि विकासले गति लिनेछ, त्यसको लागी जनताको साथ चाहिन्छ ।' दशौवर्ष देखि जनता छल्दै आएको कांग्रेसका नेताका अनुहार फेरिएपनि गढीबासीका दुख नफेरिएको उनले बताए ।

 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार नवराज रावतले जनताका आधारभुत आवश्यकता पुरा गर्न तथा आर्थिक समृद्धिका लागी बाम गठबन्धनको सरकार आवश्यक भएकोले अत्याधिक बहुमतले जिताउन आग्रह गरे ।

२०७४ मंसीर १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्