१५ मंसिर । मंसीर १० गते मतदान स्थगित भएका रुकुम (पश्चिम) का दुई मतदान केन्द्रमा आज विहान ७ बजेदेखि शान्तिपूर्ण ढंगले पुनःमतदान सम्पन्न भएको छ ।
बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका दुई मतदान केन्द्रमा मंसिर १० मा भएको मतदानको क्रममा मतपेटिकामा एसिड हाली आगो लगाउँदा मतदान स्थगित भएको थियो ।
बाँफिकोट गाउँपालिका–५ को रत्न आधारभुत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधि सभा प्रत्यक्षको लागि र आठबिसकोट नगरपालिका –११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकको लागि मतदान सम्पन्न भएको रुकुम पश्चिमका जिल्ला निर्वाचन कार्यालयका प्रमुख कमलमणि देवकोटाले सेरोफेरोलाइ बताए ।
बाँफिकोट ५ मा कुल मतदाता ६७२ मध्ये ३९७ मत खसेको छ भने आठबिसकोट ११ मा ७५६ कुलमतदाता मध्ये ३२१ मत खसेको देवकोटाले जानकारी दिए ।
वाँफिकोटका मतपेटीका आज साँझ सम्म सदरमुकाम ल्याइनेछ भने आठबिसकोट टाढा भएकाले भोलीसम्म मतपेटीका ल्याइने उनले बताए ।
प्रतिकृया दिनुहोस्