Birendranagar Municipality

देश सञ्चारको शुरुवात

सेरोफेरो
देश सञ्चारको शुरुवात

१५ मंसिर । पत्रकार युवराज घिमिरे सम्पादक रहेको देश सञ्चार डट कमको शुक्रबार औपचारिक शुरुवात भएको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकै आएको समय पारी जवाफदेही पत्रकारिता भन्ने नारासहित उक्त अनलाइन सञ्चार माध्यामको उद्घाटन गरिएको हो ।

 

देश सञ्चार प्रालिका लागि अध्यक्ष रविन दाहालले 'हामी किन' भन्ने शीर्षकमा प्रकाशकीय लेखेर उक्त जानकारी दिएका हुन् । 'सूचना र विचारको जगतमा हामीले पाइला टेकेका छौं, आजको शुभ मुहर्तमा। मल्टिमिडियाको यो भीडमा के नयाँ पाइलाका लागि स्थान छ ररु विचारको जगत फराकिलो हुन्छ। विचार, त्यसको ग्राह्यता र अनुमोदनले समाज तथा राष्ट्रको गतिशीलता र अग्रगमनलाई सुनिश्चित गर्दछ। विचारको निषेधबाट समाज हिंसा र खण्डीकरण प्रक्रियामा धकेलिन सक्छ', उनले लेखेका छन् ।


पत्रकार मनोज दाहाल देश सञ्चारकाे सह सम्पादक रहेका छन् ।

२०७४ मंसिर १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्