१५ मंसीर । आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुर्खेत क्षेत्र नम्बर १ का बाम गठबन्धनका उम्मेदवार ध्रुव कुमार शाहीले भेरी नदीको पानीको सही सदुपयोग गरि जनताको आयस्तर बृद्धि गर्ने दाबी गरेका छन् ।
चुनावी सभा अन्तर्गत आज लेकबेशी नगरपालीका वडा नम्बर ७ कल्याणमा भएको बृहत आमसभालाइ सम्बोधन गर्दै शाहीले भेरीको पानी लिफ्ट गरी सिंचाइ सुबिधा उपलब्ध गरेर कृषी क्षेत्रमा ठुलो फड्को मार्न सकीने बताए ।
त्यसको लागी आफुसंग धेरै योजना भएको भन्दै शाहीले आफुले जिते ५ बर्षभित्र सबै क्षेत्रमा पर्याप्त सिंचाइ पुग्ने गरि कामगर्ने दाबी समेत गरे।
यस्तै व्यवसायिक पशुपालन, रोजगारी सिर्जना, पर्यटन विकास लगाएतका आफ्ना एजेण्डा कार्यान्वयनको लागी बाम गठबन्धनको जित अनिवार्य भएको शाहीले जनाए ।
कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी २५० भन्दा बढी एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रदेशसभाका उमेद्धार खड्क खत्रीले विकासको दृष्टिबाट पछी परेको यो क्षेत्रलाइ ५ बर्षभित्र जनताले महसुस गर्ने गरि काम गर्ने प्रतिवद्धता जनाए ।
प्रतिकृया दिनुहोस्