Birendranagar Municipality

निष्पक्ष समाचार लेख्न आग्रह

सेरोफेरो

१६ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आचार संहिता सम्बन्धी सर्वपक्षीय अन्तर्रक्रिया कार्यक्रम विरेन्द्रनगरमा सम्पन्न भएको छ ।

 

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ सुर्खेतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचनमा राजनितिक दल, कर्मचारी तथा पत्रकारहरुले आचार संहिताको पालन गर्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुले निष्पक्ष रुपमा समाचार लेख्न आग्रह गरे ।

 

प्रेस काउन्सिलका सदस्य खिला भण्डारीले हामी लोकतान्त्रिक अभ्यासमा भएपनि आफ्नो पेशालाई मर्यादामा राखेर काम गर्न सबै निकायलाई आग्रह गरे ।

२०७४ मंसिर १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्