Birendranagar Municipality

पहिलाे चरणामा मतदान भएका ३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

सेरोफेरो
पहिलाे चरणामा मतदान भएका ३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

तस्बिर ः रासस

१७ मंसिर । पहिलाे चरण अन्तर्गत यही मंसिर १० गते मतदान भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ ।

 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार २१ गते ४५ जिल्लामा हुने दोस्रो चरणकाे मतदान सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुनेछ । ‘मतपेटिकाहरू मतगणना हुने स्थानमा राखिएकाले यताको समय सकिनासाथ उताकाे मतगणना सुरु हुन्छ,’ ढकालले भने, ‘त्यसका लागि आयोगले सबै तयारी गरिसकेको छ ।’

 

१० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिकाहरू हाल जिल्ला सदरमुकाममा राखिएका छन् । सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधिले पनि पालैपालो निगरानी गरिरहेका छन् ।

 

प्रत्यक्षतर्फको सबै मतपरिणाम एक सातामा अाउने पनि ढकालले बताए । ‘समानुपातिकका लागि केही समय लाग्छ, प्रत्यक्षको परिणाम भने हप्ता दिनभित्र आइसक्छ’, उनले भने । दुई चरणमा गरी १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा सदस्यका लागि चुनाव हुँदैछ ।

२०७४ मंसिर १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्