१७ मंसिर । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले मसिर २१ पछि नेपालमा स्थाई सरकार बन्ने बताएका छन् । आइतबार सुर्खेतको पञ्चपुरीमा आयोजित नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी कार्यक्रम लाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन् ।
नेपाली काँङ्ग्रेस पटक पटक सत्तामा गएर पनि मुलुकको बिकास र समृद्धिमा कुनै चासो नदेखाएको पनि उनले आरोप लगाए । बस्नेतले भने–'अब नेपालमा बामपंथीको उदय भैसक्यो र यसलाई कसैले रोक्न सक्दैन ।' मुलुक को बिकास र समृद्धिका लागि बामगठबन्धनलाई बिजय गराउन समेत उनले जनसमूदायलाई आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ सुर्खेतका उम्मेदवार नवराज रावतले सुर्खेतको समग्र बिकासका लागि सूर्य अंकित चिन्ह र गोलाकार भित्र रहेको हंसिया हथौडामा भोट हाल्न अनुरोध गरे ।
यसैगरी प्रदेश सभा २ (ख) का बाम गठबन्धनका साझा उम्मेदवार बिन्दमान बिष्टले हिजोका दिनमा कम्युनिस्ट पार्टी बिभाजित हुँदा जनताले दुःख पाएको भन्दै अब बामपंथीले जिते जनताले दुख नपाउने ठोकुवा गरे ।
नेकपा एमाले सुर्खेतका सचिब मोहन बडुवालले बाम गठबन्धन लोकतन्त्र माथि लुट मच्चाउनेहरुलाई खतरा भएको बताए ।
प्रतिकृया दिनुहोस्