१८ मंसीर । बाम गठबन्धनले सुर्खेतमा अन्तिम चुनावी जनसभा आयोजना गरेको छ । उक्त जनसभालाइ बाम गठबन्धनका नेताहरुले सम्बोधन गरेका छन् ।
जनसभामा बोल्दै सुर्खेत प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार नवराज रावतले विकास, समृद्धिका लागि बाम गठबन्धनको जित आवश्यक भएको बताएका छन् ।
कार्यक्रममा क्षेत्र नं २ (क) का प्रदेश सभाका उम्मेदवार यामलाल कँडेलले यो जिल्ला र समग्र प्रदेशको विकासको लागि बाम गठबन्धनलाइ जिताउन आग्रह गरे । कँडेलले बामहरु दिनमा अभियान संचालन गर्छन तर काँगे्रस मौन अवधिमा गरिबका वस्तीहरुमा गएर मतदाताहरुलाइ प्रभावित पर्ने आरोप लगाए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बामहरुको एकता समयको माग भएको बताउदै केहि समय पछि बहुमत सहितको बाम सरकार बन्ने दावी गरे । उनले मतदाताहरुलाइ कुनै भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाइ जिताउन अनुरोध गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् एमालेका उपाध्यक्ष युवराज ज्ञावालीले जनताको बलिदानबाट प्राप्त लोकतन्त्रलाइ बचाउन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्नको लागि बाम गठबन्धनको जित आवश्यक रहेकाले सवै उम्मेदवारलाइ जिताउन मतदाताहरुलाइ आह्वान गरे ।
केहि समयमा बाम गठबन्धनको स्थिर सरकार बन्ने र देश विकासको गतीमा अघि बढ्ने उनको दावी छ ।
कार्यक्रम निर्वाचन परिचालन कमिटिका संयोजक अमुत विसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्