Birendranagar Municipality

काँग्रेसको अन्तिम चुनावी सभा सुर्खेतमा सम्पन्न

सेरोफेरो/सुर्खेत
काँग्रेसको अन्तिम चुनावी सभा सुर्खेतमा सम्पन्न

१८ मंसीर । नेपाली काँग्रेसले वीरेन्द्रनगरमा अन्तिम चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै सुर्खेत क्षेत्र नम्वर २ (क) का उम्मेदवार कमलराज रेग्मीले सुर्खेतको विकासको लागि काँग्रेसको जित आवश्यक रहेको दावी गरे ।

 

यो क्षेत्रको विकासको लागि आफु लागि पर्ने बताउदै एकपटक अवसर दिन मतदाताहरुलाइ आग्रह गरे ।

 

कार्यक्रममा प्रतिनिधि सभा सुर्खेत क्षेत्र नम्वर २ का उम्मेदवार हृदयराम थानीले सुर्खेतको विकासको अगुवाइ नेपाली काँग्रेसले गरेको भन्दै विकासका लागि आफुलाइ जिताउन आग्रह गरे ।

 

धेरै समय बाम गठबन्धनको विरोधमा खर्चेका थानीले अवसरका लागि बामहरुले गठबन्धन गरेको आरोप लगाए । थानीले बामगठबन्धनले काँग्रेसलाइ हराउन नसक्ने भन्दै सुर्खेती जनताले आफुलाइ पुन काम गर्ने अवसर दिने विश्वास व्यक्त गरे ।

२०७४ मंसीर १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्